लायन्स डिस्ट्रीक्ट ३२५‘एस’को सेकेन्ड भाइस गभर्नरमा जेपी यादव निर्विरोध निर्वाचित

भदौ १५,२०८२,हेटौंडा / लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ‘एस’ नेपालमा रिक्त रहेको सेकेन्ड भाइस डिस्ट्रीक्ट गभर्नर पदमा लायन जीवछ प्रसाद यादव (जेपी) आज निर्विरोध निर्वाचित हुनुभएको छ। हेटौंडा–४ स्थित क्लब हेटौंडा पार्टी प्यालेसमा सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी लायन्स रजनी तिवारीले अन्तिम क्षणमा उम्मेदवारी फिर्ता लिएपछि यादव स्वतः विजयी बन्नुभएको हो।

गत वैशाखमा निर्वाचित लायन्स सुदर्शन अधिकारीको असामयिक निधनले खाली भएको पद पूर्ति गर्न विशेष निर्वाचनको आवश्यकता परेको थियो। निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र निर्धारित समयमै सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचनपछि प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित यादवले भन्नुभयो “पद ठूलो कुरा होइन, काम ठूलो कुरा हो। म काम गर्न आएको हुँ, नयाँपन देखाउने छु। त्यसका लागि तपाईंहरूको साथ–सहयोग अपरिहार्य छ।
रिक्तता पूर्ति गर्ने निर्णयसँगै एरिया–२ बाट उम्मेदवार सिफारिस गर्ने तयारी भए पनि सहमति नजुट्दा निर्वाचनमार्फत निकास खोजिएको हो। अन्ततः लायन्स क्लब अफ मकवानपुर डाइमण्डका यादव र लायन्स क्लब अफ हेटौंडा भुटनदेवी बजारकी रजनी तिवारीबीच प्रतिस्पर्धा हुने अपेक्षा थियो। तर तिवारीले मनोनयन फिर्ता लिएपछि यादव निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन समितिका संयोजक लायन हरिवंश भेटवालका अनुसार सम्पूर्ण प्रक्रिया निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको थियो।
को हुन् जेपी यादव ?
सन् २००९ मा लायन्स क्लब अफ हेटौंडा मकवानपुरमार्फत सामाजिक सेवाको यात्रा सुरु गरेका यादव “सेवा नै धर्म हो” भन्ने मूल्य मान्यतासहित सक्रिय रहँदै आएका छन्।

संस्थापक अध्यक्ष – २०१८ मा लायन्स क्लब अफ मकवानपुर डाइमण्ड स्थापना गर्दै संस्थापक अध्यक्ष बने।

नेतृत्वको यात्रा – २०२० मा एरिया सचिव, २०२१ मा रिजन चेयरपर्सन हुँदा ‘बेस्ट रिजन चेयरपर्सन अवार्ड’ प्राप्त समेत गरेका थिए।
२०१९/२० र २०२०/२१ मा लायन्स इन्टरनेशनल प्रेसिडेन्टको मेडल समेत प्राप्त गरेका थिए।

कोभिड–१९ योगदान – अक्सिजन बैंक स्थापना, यात्रुका लागि निःशुल्क खाजा–पानी अभियान सञ्चालन, सयौं बिरामीलाई जीवनरक्षामा समेत उहाँको उल्लेखनीय योगदान रहेको छ।
सामाजिक अभियान – बृहत आँखा शिविरमार्फत मकवानपुर, बारा, पर्सा र सर्लाहीका २ हजारभन्दा बढी नागरिकलाई सेवा समेत गरिसकेका थिए।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको आजीवन सदस्य, बसामाडि जेसिजका पूर्व उपाध्यक्षसहित विभिन्न सामाजिक संस्थामा पनि उहाँ सक्रिय रहनुभएको छ।
व्यवसायिक सफलतासँगै समाजसेवा
व्यावसायिक रूपमा पनि यादव उतिकै सक्रिय छन्। फेमस तास हाउसका सञ्चालकका रूपमा स्वरोजगार र उद्यमशीलतालाई टेवा दिँदै आएका छन्। समाजमा नेतृत्व दिन आर्थिक आत्मनिर्भरता जरुरी छ भन्ने विश्वासका साथ उहाँले दर्जनौं व्यक्तिलाई रोजगारी दिएका छन्।
लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ‘एस’ नेपालले अब आफ्नो नेतृत्वमा सेवा भाव, दूरदर्शी दृष्टि र व्यावसायिक क्षमतासहितका जेपी यादव पाएको छ। सामाजिक सेवा र संगठनात्मक नेतृत्वमा अब्बल छविका कारण उहाँप्रति लायन्स परिवारले थप आशा राखेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.