
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सव समारोहमा मकवानपुरको बागमती गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तहका रूपमा सम्मानित भएको छ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राखेप सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार आयोजित कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, खेलकुद समितिका अध्यक्ष रहरसिं थिङ र निवर्तमान अध्यक्ष अरुण बललाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको हो।
राखेपले हरेक वर्ष खेलकुदमा स्थानीय तहको योगदान, लगानी, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा प्रोत्साहनका आधारमा उत्कृष्ट स्थानीय तहलाई सम्मान गर्ने परम्परा बनाउँदै आएको छ। यस वर्ष बागमती गाउँपालिका यस श्रेणीमा उत्कृष्ट ठहरिएको हो।
बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन तथा राष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता आयोजना गर्दै खेलकुद विकासमा उदाहरणीय योगदान दिएको भन्दै सम्मान गरिएको हो।
यसै अवसरमा राखेपले पाँच खेलाडीसहित विभिन्न १८ विधामा योगदान पुर्याउने व्यक्तित्व र संस्थाहरुलाई पनि सम्मान गरेको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan