
मकवानपुर, १३ भदौ,
नेकपा (माओवादी केन्द्र)सँग आवद्ध जनवर्गीय संगठन अखिल नेपाल यातायात मजदुर संघ जिल्ला कार्यसमिति, मकवानपुरको दोस्रो साधारण भेला सम्पन्न भएको छ। भेलाबाट रोहन कोइरालाको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नयाँ नेतृत्वमा उपाध्यक्ष शोभा कुमारी, सचिव शिवहरी पूर्वछाने, सहसचिव छेगुन गोले, कोषाध्यक्ष दिनेश खड्का चयन भएका छन्।
कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथि रूपमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य एवं जबस फ्याक्सन इन्चार्ज विवेक राई, साथै अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला अध्यक्ष रामशरण घिमिरे (भान्जा) लगायत विभिन्न मजदुर नेताहरूको उपस्थिती रहेको थियो।
कार्यक्रम बासु सिकारीको सभाध्यक्षतामा सम्पन्न भएको हो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan