हरितालिका तीजको अवसरमा हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

हेटौंडा, भदौ — महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्स र लायन्स क्लब अफ मकवानपुर हेल्थ पायोनियर्सको संयुक्त आयोजनामा हेटौंडा–४ स्थित पशुपति मन्दिर परिसरमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरको अध्यक्षता क्लब अध्यक्ष लायन निप्पु सरार्फ र अध्यक्ष लायन तपेश्वर यादवले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा IPDG लायन ताशी डोल्मा तुम्हाङ्बे, PDG लायन शम्भु नकर्मी, मध्य पृतना हेडक्वार्टर मकवानपुरका पृतना पति उपरथी श्री हरेन्द्र पाठक, District Executive Chief लायन जे.पी. यादव, लायन कविता श्रेष्ठ, रिजन चियर पर्सन लायन निलम देवकोटा, जोन चियर पर्सन लायन राज सापकोटा, वरिष्ठ लायन नेताहरु, विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारीहरु, हट फाउन्डेशनका अध्यक्ष विजय वैध, हेटौंडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, मदन भण्डारी प्रतिष्ठानका स्वास्थ्यकर्मी लगायतको विशेष उपस्थिती रहेको थियो।

शिविरमार्फत १५० जनाभन्दा बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। कार्यक्रमलाई सफल र भव्य बनाउन सहयोग पु-याउने सबै क्लब अध्यक्षज्यू, पूर्वअध्यक्षहरु,पदाधिकारी एवं स्वयंसेवक साथीहरूप्रति सचीव लायन सपना कडेलले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.