वाईसियल मकवानपुरद्वारा त्रिखण्डी मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई अभियान सम्पन्न

मकवानपुर, १० भदौ। नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसियल नेपाल मकवानपुरअन्तर्गत भीमफेदी गाउँपालिका कार्यसमितिले भीमफेदी–१ त्रिखण्डी मन्दिर र पार्कमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

साउन १ गतेदेखि सुरु भएको ‘श्रम तथा उत्पादनमा वाइसियल’ अभियानअन्तर्गत भीमफेदी गाउँपालिकामा दोस्रो पटक आयोजना गरिएको यस कार्यक्रमअन्तर्गत स्थानीयवासी र युवा स्वयंसेवकहरूले मन्दिर र पार्क परिसरमा वृक्षारोपण तथा सरसफाई गरेका हुन्।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद कुमारी मोक्तान, प्रदेश सदस्यहरू ललितबहादुर घलान, बिबेक राई,सीता पुलामी मगर,बालकुमार मल्ल,सुमन पाख्रिन,भीमफेदी गाउँपालिका समिति अध्यक्ष बद्री बहादुर स्याङ्तान, वाइसियल नेपाल मकवानपुर इञ्चार्ज कमल अर्याल, जिल्ला अध्यक्ष मुक्ति लामा, प्रदेश सदस्य सरोज पाख्रिन,गाउँपालिका उपाध्यक्ष आत्माराम मोक्तान, सचिवालय सदस्य सुभास लामा, वाइसियल भीमफेदी गाउँपालिका अध्यक्ष प्रकाश रुम्वा लगायत स्थानीय समाजसेवी तथा कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

वाइसियल नेपालले निरन्तर सञ्चालन गर्दै आएको यो अभियानले हरित वातावरण, सफा समाज र उत्पादनमुखी संगठन निर्माणमा योगदान पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.