भिमफेदीको त्रिखण्डी मन्दिर परिसरमा वाईसियल (YCL) मकवानपुरद्वारा सरसफाइ तथा वृक्षारोपण

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन वाइसियल वाईसीएल (YCL) नेपाल मकवानपुरले भिमफेदी गाउँपालिका–३ स्थित धार्मिक तथा पर्यटकीय महत्वको त्रिखण्डी मन्दिर, झरना र पार्क परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा परिसर वरपर संकलित फोहर व्यवस्थापन गर्दै विभिन्न किसिमका विरुवा रोपेर संरक्षण र सरसफाइमा योगदान पुर्‍याइएको वाईसीएल (YCL) मकवानपुरले जनाएको छ।

अभियानमा नेकपा माओवादी प्रदेस कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती प्रमुख ललित घलान,प्रदेश कमिटी सचिबालय सदस्य वीर बाहादुर घलान (ज्वाला) प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ,प्रदेश कमिटी सदस्य बिबेक राई,प्रदेस कमिटी सदस्य तथा कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल,नेकपा (माओवादी) केन्द्र भिमफेदी गाउँपालिका इन्चार्ज अप्सरा लोप्चन,प्रदेस कमिटी सदस्य सुमन पाख्रीन,वाईसीएल केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कमल गाउँले,विद्यार्थी नेता तथा पत्रकार अनिल बसेल,वाईसियल (YCL) मकवानपुर अध्यक्ष मुक्ति लामा,पदाधिकारी,स्थानीय नेता तथा कर्याकर्ता,सहित स्थानीय बासिन्दाको समेत सक्रिय सहभागिता रहेको थियो।

स्थानीयवासीले यस किसिमका अभियानले धार्मिक स्थल, प्राकृतिक सम्पदा र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.