
काठमाडौ ,९ भदौ २०८२ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न आज बिहान ललितपुरको हरिसिद्धि पुगेका छन्।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार दुवै नेताबीच बिहान सवा १० बजेदेखि गोप्य छलफल सुरू भएको छ। श्रोतका अनुसार प्रचण्डले विप्लवलाई पार्टी एकताको ठोस प्रस्ताव राख्न सक्ने सम्भावना रहेको छ।
यसअघि केही समयअघि बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरिसकेको थियो।

भेटका क्रममा विप्लवले प्रचण्डलाई आफ्नै कुर्सीमा बसाएका थिए भने विप्लव स्वकीय सचिव आचार्यसँगै सोफामा बसेका थिए। यस दृश्यले पनि भेटलाई थप आत्मीय र गम्भीर संकेत दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
माओवादी आन्दोलनका दुई महत्वपूर्ण धारबीच भएको यो संवाद आगामी दिनमा नेपालको वाम राजनीति र माओवादी आन्दोलनको भविष्यमुखी एकताको सम्भावनासहित ऐतिहासिक मानिँदैछ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan