
भाद्र ८,२०८२ काठमाडौ / प्रेस सेन्टर नेपालले प्रेस स्वतन्त्रता सीमित गर्ने सरकारका प्रतिगामी कानुनहरू अस्वीकार्य हुने स्पष्ट पारेको छ । संगठनको केन्द्रीय समितिको भदौ ७ गते बसेको बैठकले पत्रकार सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ अडान कायम गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी भदौ २४ र २५ गते बागमती प्रदेशको चितवनमा केन्द्रीय समितिको दोश्रो बैठक गर्ने निर्णय गरेको छ । यसका साथै संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न विभाग तथा समिति गठन गर्ने तयारी समेत गरिएको छ ।
प्रेस सेन्टर नेपालले संसद्मा विचाराधीन रहेका मिडिया कानुनसम्बन्धी विधेयकलाई प्रेस स्वतन्त्रता विरुद्धको कदम भन्दै त्यसको पुनरावलोकन गर्न सरकारलाई आग्रह गरेको छ । पत्रकारमाथि हुने दमन, निगरानी र निलम्बनकारी व्यवस्थाहरू हटाउन पनि संगठनले माग गरेको छ ।
बैठकले प्रदेश नं. १ मा समेत पूर्ण प्रेस स्वतन्त्रता र संविधानले दिएको अधिकारको संरक्षणका लागि आवश्यक तयारी गर्दै विरोध कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ । साथै पत्रकारहरूको हकहित र सुरक्षा सुनिश्चिततामा प्रेस सेन्टर नेपाल अडिग रहेको जनाएको छ ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan