सूचना अधिकारीलाई कार्यालयका सबै सूचना उपलब्ध हुने वातावरण बन्नुपर्छ

हेटौंडा/बागमती प्रदेशका मन्त्रालय तथा प्रदेश कार्यालयका सूचना अधिकारीहरुले सूचना अधिकारीलाई अनिवार्य कार्यालयका सबै सूचना उपलब्ध हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।


१९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा हेटौंडामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा सूचना अधिकारीहरुले दोहोरो जिम्मेवारीका कारण सूचना अधिकारीहरु सधैँ कार्यबोझको दवाबमा रहनुपर्ने बाध्यता रहेको बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा सहभागीहरुले सूचना अधिकारी नै कतिपय अवस्थामा सूचना बिहीन हुने गरेकाले नागरिकले चाहेको सूचना तुरुन्तै उपलब्ध गराउन समस्या हुने गरेको गुनासो गरे ।
प्रदेश सूचना पुनरावेन समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सूचनामैत्री सूचनाअधिकारी निर्माण, सूचना प्रवाह गर्दाका समस्या, स्वतप्रकाशन, नागरिकवडापत्र, सम्बन्धित निकायहरुको वेबसाईटलाई सूचनामैत्री बनाउने, दुख दिने नियतले सूचना माग गरिँदाका सास्ती लगायतका विषयमा सूचना अधिकारीहरुले धारणा राखेका थिए । कार्यक्रममा बोल्दै समितिका सदस्य मगरले सार्वजनिक निकाय जिम्मेवार र नागरिकमैत्री बन्न सूचनाको हकले महत्वूर्ण भूमिका निर्वाह गरेको बताए । ‘हामीले प्रदेशमा पनि सूचनाको हक सम्बन्धि ऐन निर्माण गरी त्यसको कार्यान्वयनमा अघि बढिरहेका छौं’, उनले भने, ‘नागरिकले सूचना पाइएन भनेर निवेदन दिनुपर्ने बाध्यताको अन्त्यकोृ लागि दिनको हामी सबै मिलेर काम गर्न जरुरी छ ।’

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.