
मकवानपुर, ३ भदौ। नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसियल नेपाल मकवानपुर जिल्ला कार्यसमितिले हेटौंडा उपमहानगरपालिकाको वडा,७, ८ र १५ मा पर्ने चित्रेपानी सामुदायिक वन क्षेत्रमा बृहत् श्रम तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

साउन १ गतेदेखि सुरु भएको दुई महिनासम्म चल्ने अभियानलाई वाइसियल नेपाल केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसियल’ अभियानअन्तर्गत सञ्चालन गरिएको हो। मकवानपुरमा उक्त अभियानलाई जिल्ला कार्यसमितिका अध्यक्ष मुक्ति लामाको नेतृत्वमा निरन्तरता दिइएको छ।
आज सम्पन्न सरसफाइ कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका इन्चार्ज प्रलाद लामिछाने, बागमती प्रदेश सदस्य विवेक राई, भीमफेदी गाउँपालिका अध्यक्ष बद्रीबहादुर स्याङ्तान, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, प्रेस सेन्टर नेपाल केन्द्रिय लेखा समिती सदस्य राज सापकोटा,रिटिनी नेपालका केन्द्रिय सदस्य बिजय गौतम चित्रेपानी सामुदायिक वन समितिकी अध्यक्ष बालकुमारी थापा लगायत स्थानीय वाइसियल कार्यकर्ता तथा समुदायजनको सक्रिय सहभागिता रहेको थियो।
वाइसियल मकवानपुरले सरसफाइसँगै श्रम र उत्पादनमूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan