
हेटौँडा, ३१ साउन, २०८२ – लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क र अनमोल स्वीट्स हेटौँडाको सहकार्यमा प्रसादी वितरण कार्यक्रम तथा “प्लास्टिक छोडौं, वातावरण बचाऔं” अभियान सम्पन्न भएको छ।

शनिबार बिहानदेखि दिनभर हेटौँडाका विभिन्न मन्दिर तथा आश्रमहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो।
बिहान ६:३०–८:१५ बजे हेटौँडा–४ श्रीकृष्ण प्रणामी मन्दिरमा लायन जुल्ली सरार्फको संयोजकत्वमा,बिहान ९:००–१०:०० बजे गौरिटार कृष्ण प्रणामी युवा सेवा समितिमा लायन प्रेम लामिछानेको संयोजकत्वमा,दिउँसो १२:१५–१:०० बजे हेटौँडा–१९ बस्तिपुर सर्वेश्वर मन्दिरमा सावित्री पराजुली र विष्णुमाया कडेलको संयोजकत्वमा,दिउँसो १:३०–२:३० बजे हेटौँडा–३ लेवट हम्सलोक आश्रममा सुवास कडेलको संयोजकत्वमा,हेटौँडा–२ पिपलबोटस्थित हनुमान मन्दिरमा जेष्ठ नागरिक समाज र लायन ध्रुवराज ढकालको संयोजकत्वमा तथा हेटौँडा–१० भुटदेवी मन्दिरमा लायन शिव बानियाँको संयोजकत्वमा प्रसादी वितरण गरिएको थियो।

कार्यक्रममा सहभागी भक्तजनहरूले प्रसादी ग्रहण गर्नुका साथै ‘प्लास्टिक छोडौं’ अभियानलाई समर्थन गरेका थिए।
लायन्स क्लब मकवानपुर हेल्प डेस्कका अध्यक्ष निप्पु सराफ र सचिव सपना कडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अनमोल स्वीट परिवारसहित सबै मन्दिर, आश्रम, सेवा समितिहरूप्रति आभार प्रकट गरे।

कार्यक्रममा District Educative Chief लायन जेपी यादव, Cluster Person लायन प्रभा पौडेल, Zone Chairperson लायन राज सापकोटा, संस्थापक अध्यक्ष प्रबिन मैनाली, पास्ट प्रेसिडेन्ट ध्रुबराज ढकाल, First Vice President हरिहर खतिवडा लगायत पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan