हेटौंडामा रहेको राष्ट्रिय परीक्षा बोर्ड कार्यालयको सेवा हुप्रचौरमा स्थानान्तरण

साउन ३०, हेटौंडा / राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालय अब हुप्रचौर (मित्रनगर) मा स्थानान्तरण भएको छ। भदौ १ गतेदेखि नयाँ स्थानबाट सेवा सञ्चालन हुने भएको छ।

यसअघि हेटौंडा–२ नगरपालिका रोडमा रहेको कार्यालय साँघुरो र सेवा प्रवाहमा असुविधा भएको गुनासोपछि स्थानान्तरणको निर्णय गरिएको हो। अबदेखी सेवा संचालन हुने हुप्रचौरस्थित नयाँ कार्यालय कर्मचारी सञ्चय कोष कार्यालयको अगाडिको भवनमा रहेको छ।

कार्यालय प्रमुख बद्री बहादुर पाठकका अनुसार, “हालको स्थान साँघुरो र पार्किङ सुविधा अभावका कारण सेवाग्राहीलाई अपायक भएको थियो। नयाँ स्थानमा भौतिक सुविधा प्रशस्त भएकाले सेवा प्रवाह सहज हुने  र सेवाग्राहीले सरल तरिकाले सेवा पाउने बताउनु भयो।

राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा कार्यालयले तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लाका परीक्षार्थीलाई परीक्षा फाराम, प्रमाणपत्र वितरण, नतिजा प्रमाणीकरण लगायतका सेवा प्रदान गर्दै आएको छ।

स्थानान्तरणसँगै सेवाग्राहीले भीडभाड, पार्किङ समस्या र कार्यक्षेत्रको सीमितताबाट राहत पाउने अपेक्षा गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.