
२८ श्रावण, हेटौंडा / सहिद आकाश मेमोरियल क्याम्पस, हेटौंडा मकवानपुरले आज भव्य रूपमा ‘टेकनोभा फेष्ट २०२५’ सम्पन्न गरेको छ। हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको उद्घाटनमा सुरु भएको आईटी महोत्सवमा करिब एक सय जना कक्षा–१२ पास गरेका विद्यार्थीहरुको सहभागिता रह्यो।

फेष्टमा एआई विज्ञ ई. सर्वज्ञ न्यौपानेले ‘AI in Industry’ र साइबर सुरक्षा विज्ञ ई. विजय गौतमले ‘Emerging Trends in IT’ विषयमा पेपर प्रस्तुत गर्नुभयो। साथै, क्याम्पसका विद्यार्थीहरूले तयार गरेका ‘च्याट बट’, ‘फिसिङ अट्याक’, ‘एआई भ्वाइस एक्सप्लेनर’, ‘क्यारियर पाथ नेभिगेटर’ र ‘टेक टर्म एक्सप्लेनर’ जस्ता प्रोजेक्टहरूको आकर्षक डेमो प्रदर्शन गरियो।
यस अवसरमा सूरी टेक्नोलोजी प्रालि, आरएमसी केमिकल इन्डस्ट्री, सेफ्टी हाइजेनिक प्रोडक्ट प्रालि, मल्टिपल आइरन प्रालि, स्टिल्स एन्ड प्लास्टिक उद्योग, एकता प्लास्टिक्स प्रोडक्ट्स प्रालि लगायतका संस्थासँग विद्यार्थीहरूको इन्टर्नशिप तथा रोजगारीका अवसरका लागि समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विजय गौतम, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, क्याम्पस प्रमुख दिनेश सुवेदीलगायत वक्ताहरूले विद्यार्थीको भविष्य र क्यारियर विकासमा केन्द्रित सम्बोधन गर्नुभयो।
SAMC Tech Club को आयोजनामा रोयल पार्टी प्यालेस, हेटौंडामा सम्पन्न कार्यक्रममा क्लब अध्यक्ष महेश मोक्तानले अध्यक्षता गर्नुभएको थियो। आयोजकहरूले ‘टेकनोभा फेष्ट’लाई आगामी वर्षहरूमा अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने योजना सार्वजनिक गरेका छन्।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan