
काठमाडौं, २८ साउन २०८२ – अरनिको राजमार्गअन्तर्गतको इको क्षेत्रमा देखापरेको समस्याको समाधानका लागि पार्टीका युवा नेता तथा प्रतिनिधिसभा सदस्य क. माधव सापकोटा ‘सुबोध’ र पार्टीका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य क. सरल पौडेल ‘सहयात्री’ले उच्चस्तरीय पहल गरेका छन्।

उनीहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मासँग सिंहदरबारमा भेट गरी गम्भीर छलफल गरेका छन्।
छलफलको क्रममा सडक विभागका अधिकारी तथा भौगर्भिक अध्ययन टोलीलाई आजै इको क्षेत्र पठाइएको छ। साथै, समस्या दीर्घकालीन रूपमा समाधान गर्न चीन सरकारसँग प्रविधि तथा आवश्यक सहयोग माग्ने विषयमा समेत सहमति भएको छ।
स्थानीयवासीले जनप्रतिनिधिहरूको सक्रियता र समस्या समाधानप्रतिको संवेदनशीलतालाई चासोराखी पहलगरेको प्रति स्वागत गरेका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan