
मकवानपुर, २७ साउन २०८२,
२६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) मकवानपुरले आज ॐ वृद्धाश्रम,चौकिटोलमा विशेष सामाजिक सेवा कार्यक्रम अन्तर्गत खाद्यान्न सामाग्री वितरण सम्पन्न गरेको छ।
विहान ८ बजेबाट सुरु भएको कार्यक्रममा ॐ वृद्धाश्रममा आश्रित बयोबृद्ध १०२ बर्षका बुबा तिलकलाल श्रेस्ठ ज्युलाई चामल, दाल,तेल,नुनलगायतका आवश्यक खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको थियो
हाल ॐ बृद्दाआश्रम मा २५ जना बुबा आमा आश्रीत रहेका छन।

कार्यक्रमको उद्देश्य युवा पुस्तामा सामाजिक उत्तरदायित्व,सहयोग र मानवीय संवेदनशीलताको भावना विकास गर्नु रहेको अखिल क्रान्तिकारीका अध्यक्ष बुद्ध राज अर्याल ले बताउनु भयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु), नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य तथा मकवानपुर जिल्ला संयोजक भिम पाख्रीन, प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, प्रदेश सदस्य बिबेक राई, ॐ वृद्धाश्रमका अध्यक्ष, प्रेस सेन्टर केन्द्रीय सदस्य ध्रुबराज ढकाल, केन्द्रीय लेखा समिति सदस्य राज सापकोटा, लालखबर सम्पादक राजकुमार के.सी,अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तानलगायत जिल्ला स्तरीय पदाधिकारी र कमिटी सदस्यहरूको उपस्थिति थियो।
खाद्यान्न वितरण कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्यालले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव छोइसाङ लामाले गर्नुभएको थियो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan