खोरिया संरक्षणमा हुजुरुम कबुलियत वन समूह तेस्रो, १० हजारसहित सम्मानित

राक्सिराङ गाउँपालिका–५ मा रहेको हुजुरुम कबुलियत वन समूह उत्कृष्ट हुँदै आर्थिक वर्ष २०८१/८२ मा तेस्रो स्थानमा चयन भएको छ। २६१ वटा कबुलियत वन समूहमध्ये उत्कृष्ट हुँदै समूहले नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरेको हो।

२०७७ सालमा ७ सदस्यीय टिम बनाएर दर्ता भएको समूहले ५ वर्षमै खोरिया संरक्षणसँगै वन-जंगल जोगाउने काममा उल्लेखनीय सफलता हासिल गरेको छ। समूहले मासिक रु. ५० बचत गर्दै सदस्यहरूलाई ऊर्जा र हौसला प्रदान गर्दै आएको छ।

४ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा अमृसो, भुईकटहर, निबुवा, एभोकाडो, साल, चिउरी लगायतका बिरुवाहरू हुर्किरहेका छन्। अध्यक्ष मधुमाया प्रजाले सिजनमा निबुवा र भुईकटहरको बजार नपाउँदा बिक्रीमा समस्या हुने बताए।

यसैगरी, डिभिजन वन कार्यालय राप्ती–मनहरीले गुप्तेश्वरी कबुलियत वन (भिमफेदी–४) र क्याम्पाडाँडा कबुलियत वन (हेटौंडा–१९) लाई पनि उत्कृष्ट समूह घोषणा गर्दै नगद र सम्मानपत्र प्रदान गरेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.