
मकवानपुर। जनता समाजवादी पार्टी नेपाल (जसपा) अन्तर्गतको ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने भएको छ। बागमती प्रदेशको राजधानी हेटौंडामा नेवा–ताम्सालिङको आयोजनामा हुने यस अधिवेशनलाई भव्य र अनुशासित ढंगले सम्पन्न गर्ने तयारी तीव्र गरिएको समितिले जनाएको छ।
राष्ट्रिय समितिले आजदेखि नै विभिन्न उप–समितिहरू गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ। आर्थिक समितिको संयोजकमा नोरमान दोङ तामाङ, प्रचार–प्रसार समितिको संयोजकमा जीवन पाख्रिन तामाङलाई तोकिएको छ भने व्यवस्थापन समितिमा मकवानपुर र चितवन जिल्ला समिति तथा मातहतका अन्य जिल्लाहरू समावेश हुनेछन्।
अधिवेशनमा जसपा नेपालको शीर्ष नेताहरूको विशेष सम्बोधन रहनेछ। साथै, ताम्सालिङ मातहतका काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा लगायतका जिल्लाबाट तामाङ समुदायका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रचार–प्रसार संयोजक जीवन पाख्रिनका अनुसार अधिवेशनमा राज्य पुनःसंरचना आयोगले सिफारिस गरेको स्वायत्तता क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्रका मुद्दा तथा पार्टीका भातृ र जनवर्गीय संगठनहरूको प्रतिनिधित्व सुनिश्चित गरिनेछ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan