
थाहा, मकवानपुर,
२०८२ साउन ११ गते थाहा नगर प्रमुखको उपस्थितिमा ॠषेश्वर/क्ष्युमी झ्याङछुप क्षेत्र सरसफाइ महाअभियानको औपचारिक शुभारम्भ गरिएको थियो। श्रावण महिनाको प्रत्येक सोमबार दर्शनार्थीहरूको भीड हुने भएकाले आइतबार विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरिदै आइएको छ। साथै,भाद्र महिनादेखि भने प्रत्येक पाक्षिक शनिबार सरसफाइ अभियानलाई निरन्तरता दिइने आयोजकहरूले जनाएका छन्।
यस अवसरमा ॠषेश्वर/क्ष्युमी झ्याङछुप क्षेत्र विकास समितिले अभियानमा नैतिक, आर्थिक र भौतिक रूपमा सहयोग गर्ने सबै संस्था तथा व्यक्तिहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
हाल सम्म सहयोगी तथा सहभागी संस्था/संघ–संस्थाहरू:
थाहा नगरपालिका,थाहा नगर प्रहरी,इलाका प्रहरी कार्यालय,पालुङ्ग,सिमभन्ज्याङ्ग प्रहरी चौकी,एभरेस्ट क्लब,दामन,शिखर क्लब, शिखरकोट,सिमभन्ज्याङ्ग/दामन/थानाबजार बजार व्यवस्थापन समिति,ॠषेश्वर टोल विकास संस्था, थाहा–४ दामन–सिमभन्ज्याङ, अघोर–मान्द्रे टोल विकास संस्था, भिमफेदी–९,पोखरी संरक्षण समिति, सिमभन्ज्याङ्ग,ॠषेश्वर सामुदायिक वन उपभोक्ता समूह,अघोर–महाभिर सामुदायिक वन उपभोक्ता समूह,नेपाल रेडक्रस सोसाइटी, दामन उपशाखा,प्राथमिक स्वास्थ्य केन्द्र, पालुङ्ग,भोम्बो संघ, मकवानपुर,पालुङ्ग जेसिस,पालुङ्ग क्याम्पस,श्री जनकल्याण प्राविधिक तथा साधारण माध्यमिक विद्यालय, थाहा–३,ॠषेश्वर महिला खैजडी भजन समूह
राष्ट्रिय लोक चुड्का संरक्षण प्रतिष्ठान थाहानगर, फरक सोच थाहानगरपालिका समेतको उल्लेखनीय साथ र सहयोग प्राप्त भैरहेको समितिका अध्यक्ष बिनोद लामाले जानकारी दिनु भयो।
अभियानको उद्देश्य धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको सरसफाइ, संरक्षण र व्यवस्थापन गर्दै स्थानीय तथा बाह्य पर्यटकलाई सफा र आकर्षक वातावरण प्रदान गर्नु रहेको आयोजकहरूको भनाइ छ।
यो हेर्नू त




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan