‘श्रम र उत्पादनमा YCL अभियान’ भ्रष्टाचारविरुद्धको जनआन्दोलन : सांसद पुलामी

हेटौंडा, मकवानपुर | २५ साउन २०८२ – नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले वाईसीएल नेपालले सुरु गरेको ‘श्रम र उत्पादनमा वाईसियल अभियान’ लाई केवल सरसफाइ वा श्रमदान मात्र नभई भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको ठोस जनआन्दोलनको रूपमा वर्णन गर्नुभएको छ।

मकवानपुरगढी दरबार क्षेत्र सरसफाइ कार्यक्रममा सहभागी हुँदै उहाँले भन्नुभयो,
“यो अभियान झार फाड्ने मात्र होइन, देशलाई वेथितितर्फ धकेल्ने र अकूत सम्पत्ति जम्मा गर्ने भ्रष्टाचारिहरूको सफाइ गर्ने अभियान हो। यो केवल वाइसीएल वा माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण आम नागरिकको साझा अभियान हुनुपर्छ।”

सांसद पुलामीले समाजवाद, समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि जनसहभागिता र सक्रिय श्रमको अपरिहार्यता औंल्याउनुभयो।

यसै अवसरमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले देशको विकास र समृद्धि श्रम र उत्पादनमै आधारित हुने स्पष्ट धारणा व्यक्त गर्नुभयो।
उहाँले भनुभयो,
“अब देश विकासका लागि शब्द होइन, कर्म देखाउने समय आएको छ। युवाहरू श्रम र उत्पादनमा अग्रसर भए मात्र समृद्धि सम्भव हुन्छ।”

अध्यक्ष घलानका अनुसार वाईसीएलको यो अभियान पार्टी, सरकार र जनताबीचको सेतुका रूपमा अघि बढाइँदैछ।

मकवानपुर वाईसीएलको आयोजनामा संचालित अभियानअन्तर्गत ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रको सरसफाइमा नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, सचिवालय सदस्य वीरबहादुर घलान ‘ज्वाला’, कमानसिंह पाख्रिन ‘पृथक’, वाइसीएल जिल्ला इन्चार्ज कमल अर्याल, जिल्ला अध्यक्ष मुक्ति लामा, गढीगाउँपालिका अध्यक्ष राजकुमार खड्का, उपाध्यक्ष युवराज सापकोटा लगायतको सक्रिय उपस्थिति थियो।

वाईसीएल मकवानपुरका अध्यक्ष मुक्ति लामाका अनुसार, यो अभियानले जनसहभागिता, सुशासन, श्रम र उत्पादनलाई प्रवर्द्धन गर्दै विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध व्यापक जनचेतना फैलाउने लक्ष्य लिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.