
मकवानपुर। “संघियता, सुशासन, समृद्धि, समाजवाद” भन्ने नाराका साथ जनता समाजवादी पार्टी, मकवानपुर मा जनता समाजवादी पार्टी नेपाल मकवानपुर रुपान्तरण घोषणा कार्यक्रम भोली हेटौंडा हुने भएको छ।
कार्यक्रममा प्रमुख अतिथि जनता समाजबादि पार्टीका केन्द्रीय अध्यक्ष अशोक राई, महासचिव, मो. इस्तियाक रायी, खानेपानी मन्त्री प्रदिप यादव, पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ लगायतको उपस्थितिमा रहने सोमबहादुर घलानले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
कार्यक्रम साउन २३ गते भोली बिहान ११ बजे दर्शन प्राटी प्यालेसमा हुने भएको हो। जनता समाजवादी पार्टी, मकवानपुरको नया नेतृत्व चयन समेत हुने घलानले बताए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan