ज्योति सामुदायिक वनमा वृक्षारोपण सम्पन्न

साउन २१ गते/हेटौंडा । ज्योति सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–१८ गुम्बाडाँडाले आज बुधबार वृक्षारोपण कार्यक्रम गरेको छ । समूहको नवनिर्मित भवन उद्धघाटनको पूर्वसन्ध्यामा विभिन्न प्रजातिको विरुवाहरु वृक्षारोपण गरिएको हो ।


समूहका अध्यक्ष रामबाबु खतिवडाले नव निर्मित भवन वरिपरि समी, म्याङ्गो स्टिक, करबीर, कल्की लगायतका विरुवा रोपिएको बताउनुभयो । उहाँका अनुसार विरुवा रोप्ने कार्य महत्वपूर्ण नभई यसको संरक्षणमा मुख्यतया ध्यान दिन आग्रह गर्नुभयो ।

अध्यक्ष खतिवडाले विश्व वातावरण दिवसको अवसर पारेर छिट्टै नै विभिन्न प्रजातिका ४ सय विरुवा उपभोक्ताहरुलाई वितरण गरिने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा समूहका उपाध्यक्ष रेखा खतिवडा, वंशगोपाल बचत तथा ऋण सहकारीका सचिव वरुण खतिवडा, सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल, बद्रीनाथ अधिकारी, कालिका दुग्ध डेरीका उपाध्यक्ष मान बहादुर थापा, समूहका पदाधिकारी, लेखा समिति सदस्य देवकी कोईराला लगायतको सहभागिता रहेको थियो । यहि साउन २३ गते शुक्रबारका दिन समूहको भवन उद्धघाटन हुँदैछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.