स्व. विरु माझीको बाल शिक्षा बीमा दावी रकम हस्तान्तरण

बिबेक सिन्ताङ, बागमती गाउपालिका मकवानपर बगाउँपालिका–४,
स्व. विरु माझीले छोरी बिपासा माझीको उज्ज्वल भविष्य सुनिश्चित गर्न तीन वर्षअघि गरेको बाल उच्च शिक्षा बीमाको दाबी रकम हस्तान्तरण गरिएको छ।

स्व. माझीले २०७९ सालमा छोरीको नाममा रु ५ लाखको बाल शिक्षा बीमा गरेका थिए। दुर्भाग्यवश, उहाँको २०८२ साल बैशाख ३ गते असमायिक निधन भएको थियो। उहाँको निधनप्रति बीमा कम्पनीले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने शुभेच्छा व्यक्त गरेको छ।

बीमा योजनाअनुसार स्व. माझीको निधनपछि निम्न सुविधाहरू प्रदान गरिएको छः
१. मृत्युदाबी बापत रु ५,००००० (पाँच लाख) रुपैयाँ नगद हस्तान्तरण
२. शिक्षा खर्च बापत छोरी बिपासालाई हरेक वर्ष रु ५०,००० को दरले भुक्तानी
३. बीमा अवधिभरको वार्षिक किस्ता माफी

यस बीमा लाभ हस्तान्तरण कार्यक्रम आज स्व. माझीको निवासमै आयोजना गरिएको थियो। कार्यक्रममा वडा प्रतिनिधि, स्थानीय पत्रकार, बीमा कम्पनीका प्रतिनिधि तथा बीमा सल्लाहकारको उपस्थिति थियो।
कार्यक्रमले बीमाको महत्व र समयमै गरिएको लगानी कसरी संकटको बेला परिवारका लागि सहारा बन्न सक्छ भन्ने सन्देश दिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.