शिखर क्लबको पहलमा ऋषेश्वर–छ्युमी झ्याङछुप क्षेत्रमा सरसफाइ अभियान सम्पन्न

थाहा, मकवानपुर ।
शिखर क्लबको सक्रिय सहभागितामा आइतबार थाहा नगरअन्तर्गतको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल ऋषेश्वर–छ्युमी झ्याङछुप क्षेत्रमा सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ।ॠषेस्वर/छ्युमी झ्याङछुप क्षेत्र बिकास समितिको अह्वानमा भएको सरसफाई कार्यक्रम अन्तर्गत आज शिखर क्लबको अगुवाईमा सरसफाई कार्य सम्पन्न भएको हो। धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्व बोकेको यस क्षेत्रमा स्थानीय सरोकारवाला, युवावर्ग तथा क्लबका सदस्यहरू मिलेर आजको सफाइ कार्यलाई सफल बनाएका हुन्।

क्लबका अध्यक्ष विश्व अर्यालको नेतृत्वमा दर्जनौं स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको अभियानले धार्मिक स्थलहरूको सरसफाइ र संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने प्रयास स्वरुप अभियान सुरु गरिएको हो। कार्यक्रममा सहभागीहरूले फोहोरमैला संकलन, झाडी हटाउने तथा वरपरको वातावरण व्यवस्थित बनाउने कार्यमा सक्रिय रुपमा सहभागिता जनाएका थिए।

शिखर क्लबका अनुसार अभियानको मूल उद्देश्य धार्मिक क्षेत्रको संरक्षण, स्वच्छता प्रवर्द्धन तथा वातावरणप्रति जनचेतना फैलाउनु रहेको छ। क्लबले भविष्यमा पनि यस्ता सामाजिक, धार्मिक तथा वातावरणीय सरोकारका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सार्वजनिक स्थलको स्वच्छता र संरक्षणमा सामुदायिक सहभागिता अपरिहार्य रहेको भन्दै क्लबले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद प्रकट गरेको छ। ‘सफा, हरियाली र सचेत समुदाय निर्माण’ अभियान अन्तर्गत यस्ता सकारात्मक प्रयासलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघिबढाउने क्लबका अध्यक्ष अर्यालले बताउनु भयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.