क्रान्तिकारीका अध्यक्ष अर्याल सम्मानित

मकवानपुर, साउन १७ : अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला अध्यक्ष बुद्धराज अर्याल शनिबार बकैया गाउँपालिका स्थित महेन्द्र माविमा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन्।

विद्यालय बस हस्तान्तरण तथा शैक्षिक सुधार अन्तरक्रिया कार्यक्रममा विद्यार्थी हकहितमा सक्रिय भूमिका खेलेको भन्दै अर्याललाई सम्मानपत्रसहित सम्मान गरिएको हो। उनले सोही अवसरमा विद्यालयका लागि ‘मेरो साथी’ सफ्टवेयर तथा पुस्तकालयका लागि केही पुस्तकसमेत प्रदान गरेका थिए।

बागमती प्रदेश सरकारकी पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज विजय गौतम, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्सुराम गौतम, शिक्षक, कर्मचारी, वडाका जनप्रतिनिधि, र अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष अनिल बसेलसहितको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.