
थाहा नगरपालिका, साउन १७ गते – “श्रम तथा उत्पादनमा वाइसीएल अभियान” अन्तर्गत आज दामगाडे–महादेवेशी सडक खण्डमा मर्मत तथा सुधार कार्यमा वाइसीएल थाहा नगरपालिका कमिटी को नेतृत्वमा भएको श्रमदान कार्यक्रममा सक्रिय सहभागी भएर श्रमदान गर्नुहुने पार्टी कमिटी नेतृत्व जुझारु कार्यकर्ता र स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।
यस अभियानमा सहभागी भएर सामूहिक श्रमदानमार्फत विकासमा जनसहभागिता सुनिश्चित गर्ने प्रयास स्वरुप उत्पादन र श्रममा वाईसियल अभियान अन्तर्गत कार्यक्रम गरिएको हो। बिग्रिएको र यातायात सन्चालनमा निक्कैनै कठिन अवस्थामा रहेको सडकलाई स्थानीय र वाईसियलको श्रम र संकल्पबाट अस्थायी रूपमा सुधार गरिएको छ। उक्त सडकबाट दैनिक २ वटा बस र अन्य यातायात सन्चालनको निम्ती भएको सहजताले स्थानीय बासिहरुले समेत खुशी व्यक्त गरेका छन।
वाईसियल YCL थाहा नगरपालिका कमिटीले यस कार्यमा योगदान दिने सम्पूर्ण पार्टी नेतृत्व, कमरेडहरू तथा स्थानीय बासिन्दाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यस्ता रचनात्मक कार्यहरू निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan