जुरेथुम पिकनिक पार्कमा वाईसीएल मकवानपुरद्वारा वृहत श्रमदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

हेटौंडा, साउन १७ — नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसीएल नेपाल मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१७ स्थित जुरेथुम पिकनिक पार्कमा वृहत श्रमदान, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

‘श्रम तथा उत्पादनमा वाईसीएल’ भन्ने मूल नाराका साथ साउन १ गतेदेखि सुरु गरिएको दुई महिने अभियान अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो। पार्क क्षेत्रको सौन्दर्यकरण, सरसफाइ, फोहोरमैला व्यवस्थापन, बोटबिरुवा संरक्षणलगायतका कार्यहरू  सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य तथा बागमती प्रदेशसभा सांसद कुमारी मोक्तानले युवाहरूको श्रम र योगदानमार्फत स्थानीय पर्यटन प्रवर्द्धन र समाज रूपान्तरणको अभियान उल्लेखनीय रहेको बताइन्। उनले यस्ता कार्यक्रमहरूले सामाजिक चेतना अभिवृद्धि गर्दै युवाहरूलाई समृद्ध नेपालको निर्माणमा उर्जावान बनाउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद प्रेम बहादुर पुलामी (छिन्तु), बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान, सदस्यहरू विवेक राई, सुमन पाख्रीन, बागमती गाउँपालिका इन्चार्ज ज्ञान सागर बोल्नलगायत नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वाईसीएल मकवानपुरका अध्यक्ष मुक्ति लामाले जिल्लाका दशवटै पालिकामा क्रमिक रूपमा अभियान विस्तार गर्दै ‘श्रम तथा उत्पादनमा वाईसीएल’ कार्यक्रमलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। उनले जुरेथुम पिकनिक पार्क क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि पार्क अध्यक्ष शंकर राउतसँग समन्वयमा गरिएकी कार्यक्रम सफल भएको जानकारी समेत दिए।

कार्यक्रममा वाईसीएल मकवानपुरका जिल्ला कार्यसमिति सदस्यहरू,वडा कमिटीका प्रतिनिधिहरू, स्थानीय युवा, समाजसेवी तथा स्वयम्सेवीहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो।

वाईसीएल मकवानपुरले आगामी दिनहरूमा पनि श्रम, उत्पादन र समृद्धिको आधार निर्माण गर्न यस्ता गतिविधिहरूलाई निरन्तरता दिने बताएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.