
मकवानपुरगढी, साउन १६ –
आज रुद्रबाटिका, मकवानपुरगढीमा योङ कम्युनिस्ट लिग (YCL) नेपाल, मकवानपुरले ‘श्रम र उत्पादन’ अभियान अन्तर्गत विशेष कार्यक्रम आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व, श्रमको सम्मान र आत्मनिर्भर उत्पादन प्रणालीको सन्देश दिनका लागि अभियान अघि बढाइएको हो।

कार्यक्रममा वाइसीएल मकवानपुर अध्यक्ष मुक्ती लामाको नेतृत्वमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य कुमारी मोक्तान, केन्द्रिय सदस्य एबम मकवानपुर इन्चार्ज बिजय गौतम, केन्द्रिय सदस्य एबम मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमरी नेपाली (आशा) बागमती प्रदेश उपाध्यक्ष प्रेम बा पुलामी (छिन्तु) जिल्ला सम्योजक भिम पाख्रीन,प्रदेश कमिटी सदस्य जीवन गोले विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय बासिन्दाको समेत सहयोग र सहभागितामा गरिएको श्रमदान जनस्तरमा सकारात्मक सन्देश दिएको वाइसीएल केन्द्रिय सदस्य दिपेन्द्र अधिकारी ले बताउनु भयो।

वाईसीएल मकवानपुरका अनुसार ‘श्रम र उत्पादन’ अभियान अन्तर्गत विभिन्न स्थानहरूमा समुदायसँग मिलेर सामाजिक र भौतिक विकासमा केन्द्रित कार्यहरू गर्दै आएको छ। मकवानपुरगढी क्षेत्रको विकास र जनजिविकाको प्रवर्द्धन अभियानको मूल उद्देश्य रहेको आयोजकले जनाएका छन्।
कार्यक्रममा बोल्दै स्थानीय अगुवाहरूले वाईसीएलले सञ्चालन गरेको अभियानले युवालाई रचनात्मक र उत्पादक कामतर्फ प्रेरित गरेको बताउँदै यस्ता अभियानको निरन्तरताको आवश्यकता रहेको धारणा राखेका थिए।
रुद्रबाटिकामा करिब १५ प्रजातिका १०० भन्दा बढी बृक्षारोपन गरिएको थियो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan