लायन्स क्लबद्वारा सुपारीटार ब्यारेकमा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न

मकवानपुर, साउन १४ —
लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा आज सुपारीटारस्थित मध्य पृतना हेडक्वार्टर,मकवानपुरमा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम संयोजक लायन अनिस वाग्लेलेको सक्रियतामा भएको उक्त कार्यक्रममा सहसंयोजक लायन राजेश अग्रवाल र समापन संयोजक लायन कमल बहादुर राईले कार्यक्रम सफल बनाउनकी लागि विशेष भूमिका खेल्नुभएको थियो।
कार्यक्रममा क्लब अध्यक्ष लायन निप्पु सराफले आगामी दिनमा पनि सबैको सहकार्यमा सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै आजै भएको अर्को एक कार्यक्रममा ७ नं बाहिनी चनमनकी क्याप्टेन सुनिता बस्नेतलाई विशेष सम्मान तथा स्वागतसमेत गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न प्रजातिका करीब १५० जातका महत्वपूर्ण जातका बिरुवाहरू पनि हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा लायन्स क्लब ३२५ एस २ District Executive cheef जे.पी. यादव, रिजन चियरपर्सन लायन नमुना पाण्डे, जोन चियरपर्सन लायन राज सापकोटा, लायन क्ल्ब अफ मकवानपुर हेल्प डेस्कका पुर्ब अध्यक्ष ध्रुबराज ढकाल, लायन गङ्गा आत्रेय पुरुष, क्लब कि सचिब लायन सपना कँडेल, लायन प्रतीक चौलागाईं, लायन प्रबिन निरौला,लायन शिब बानिया,लायन बिष्णु चौलागाईंलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

साउन १५ को अवसरमा परम्परागत रूपमा “खिर खाने कार्यक्रम” समेत ब्यारेककै व्यवस्थापनमा सम्पन्न भएको थियो। कार्यक्रममा पृतनापति,अन्य अधिकारी तथा सुरक्षाकर्मीहरूको उत्साहजनक उपस्थिति रह्यो।

सम्पूर्ण सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै क्लब अध्यक्ष लायन निप्पु सराफले आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री अभियानलाई निरन्तरता दिने बताउनुभयो।


केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.