पाँचपाण्डव स्वास्थ्य केन्द्रमा वाइसीएल नेपालद्वारा सरसफाइ र स्ल्याब ढलान– बागमती

बागमती गाउपालिका ४, मकवानपुर : वाईसीएल नेपाल मकवानपुरको आयोजनामा बागमती गाउँपालिका–४ स्थित पाँचपाण्डव आधारभूत स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ तथा स्ल्याब ढलान कार्य सम्पन्न गरिएको छ। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले देशभर सञ्चालन गरिरहेको जनसेवामूलक अभियान अन्तर्गत यो कार्यक्रम गरिएको हो।

श्रमदान कार्यक्रम विहानैदेखि सुरु भई दिउँसो १२ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका सचिवालय सदस्य सर्केश घलान, वाईसीएल मकवानपुरका जिल्ला इन्चार्ज, अध्यक्ष, बागमती गाउँपालिका–४ का वडा अध्यक्ष तथा पार्टी कमिटीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

स्वास्थ्य संस्था वरपरको वातावरण सफा राख्नु र नागरिकलाई सुविधा पुर्‍याउने खालका पूर्वाधार निर्माण गर्नु सकारात्मक कार्य भएको सहभागीहरूको भनाइ थियो।

वाईसीएल नेपालले यस्ता सार्वजनिक हितका कार्यक्रमहरूलाई देशभर अझ व्यापक बनाउने प्रतिबद्धता जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.