इन्द्रबहादुर बानियाँ बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता निर्वाचित

हेटौँडा, साउन १४ ।
नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौँडामा सम्पन्न निर्वाचनमा बानियाँले आफ्ना प्रतिस्पर्धी बहादुर सिंह लामालाई पराजित गर्दै नेतृत्व हासिल गरेका हुन् ।

निर्वाचनमा कुल ३७ मत खसेकोमा

बानियाँले २२ मत प्राप्त गरेका थिए भने लामाले १४ मत ल्याएका थिए । एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्, जसमा २२ मतसहित बानियाँले स्पष्ट बहुमत प्राप्त गर्दै संसदीय दलको नेता बन्न सफल भएका हुन् ।

दलको नेतृत्वमा निर्वाचित भएपछि बानियाँले सबै सांसदप्रति आभार व्यक्त गर्दै दल एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.