हाम्रो क्याम्पस, हामी आफैं बनाउँछौं हेटौंडामा बाघ दिवसको अवसरमा सरसफाइ र फूल रोप्ने अभियान सम्पन्न

हेटौंडा,साउन १४ “हाम्रो क्याम्पस, हामी आफैं बनाउँछौं” भन्ने मूल नारासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), त्रिभुवन विश्वविद्यालय इकाई समिति, वन विज्ञान अध्ययन संस्थान, हेटौंडाको आयोजनामा मंगलबार विश्व बाघ दिवसको अवसरमा विशेष सरसफाइ तथा फुल रोप्ने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत महिला तथा पुरुष छात्रावास परिसर वरपरको क्षेत्रलाई प्राथमिकतामा राखि सरसफाइ कार्य सम्पन्न गरिनुका साथै हरियाली प्रवर्द्धनका लागि विभिन्न जातका फूलका बिरुवा रोपिएको हो। छात्रावास क्षेत्र विगत लामो समयदेखि फोहोर, दुर्गन्ध र सरसफाइको चरम अभावका कारण अस्वस्थ र अव्यवस्थित बन्दै गएको अवस्थामा विद्यार्थीहरू आफैंले यस्तो अभियान सञ्चालन गरेका हुन्।

संस्थाका अनुसार,सरसफाइको माग गर्दै विगतमा स्ववियु र क्याम्पस प्रशासनसँग पटक–पटक ध्यानाकर्षण गराउँदा पनि उल्लेखनीय पहल नभएको भन्दै क्याम्पसको छवि “फोहोर क्याम्पस” को रूपमा स्थापित हुँदै गएको थियो। सोही सन्दर्भमा स्ववियु (क्रान्तिकारी) ले जिम्मेवारीको भावनासहित स्वयंस्फूर्त रूपमा सरसफाइ र हरियालीको कार्यभार उठाएको जनाइएको छ।

कार्यक्रम पश्चात् सामाजिक सञ्जालमार्फत आभार व्यक्त गर्दै संगठनले लेखेको छ,“क्याम्पसलाई स्वच्छ,हराभरा र वातावरणमैत्री बनाउने हाम्रो अभियानमा साथ दिनुहुने सम्पूर्ण परिवर्तनकारी सोच भएका मनहरूलाई धन्यवाद दिन चाहन्छौं

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.