अन्तर्राष्ट्रिय बाघ दिवसको अबसरमा लायन्स क्लब अफ मकवानपुर डायमण्ड र फरेस्ट्री क्याम्पस एलुम्नीको संयुक्त आयोजनामा वातावरणीय जनचेतना कार्यक्रम सम्पन्न

हेटौंडा, मकवानपुर / वातावरण संरक्षण र वन्यजन्तु सरंक्षणप्रति समर्पित सन्देश प्रवाह गर्ने उद्देश्यले लायन्स क्लब अफ मकवानपुर डायमण्ड र Forestry Campus Alumni Association for Conservation and Development को संयुक्त आयोजनामा विशेष जनचेतनामूलक कार्यक्रम मंगलबार हेटौंडामा सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय बाघ दिवस को अवसरमा बन विज्ञान अध्ययन संस्थान, हेटौंडा प्रांगणमा आयोजना गरिएको हो। कार्यक्रममा वन्यजन्तु चोरी–शिकारी तथा अवैध व्यापार नियन्त्रणसम्बन्धी जनचेतनामूलक प्रस्तुति र छलफलहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रमको सभाध्यक्षता लायन्स क्लब अफ मकवानपुर डायमण्ड का सन् २०२५/२६ का अध्यक्ष लायन ई. अनिल बानिया र एलुम्नी एसोसिएशन की अध्यक्ष शर्मिला खड्का बी.के. ले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि फरेस्ट्री क्याम्पस हेटौंडा का प्रमुख डा. ई. शिवकुमार माझन रहनु भएको थियो भने विशेष अतिथिका रूपमा PDG लायन शम्भु नकर्मी, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन जे.पी. यादव, तथा रिजन चेयरपर्सन लायन नमूना पाण्डे को उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख वक्ता लायन शैलेन्द्र कुमार यादव ले वातावरण संरक्षण, सामुदायिक सहभागिता र सहकार्यमा आधारित सामाजिक अभियानहरूको महत्वमा प्रकाश पार्दै सबै पक्षबीच सहकार्य अपरिहार्य भएको उल्लेख गर्नुभयो।

त्यस्तै कार्यक्रममा जोन चेयरपर्सन लायन राज सापकोटा, लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क का पूर्व अध्यक्ष लायन ध्रुवराज ढकाल, हालका अध्यक्ष लायन निप्पु सर्राफ, लायन्स क्लब अफ भुटनदेवी की अध्यक्ष लायन रिता वाइवा लगायत अन्य पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र संस्थागत सहकार्यका माध्यमबाट दिगो विकासको आधार तयार गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.