
मकवानपुर, भीमफेदी — साउन १२
भीमफेदी गाउँपालिका–२ डाँडाघरीस्थित विना राणाको घरमा आएको पहिरोले पूर्ण क्षति पुर्याएपछि वाइसीएल नेपाल मकवानपुर जिल्ला कमिटी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रतिनिधिहरू घटनास्थलमा पुगेका छन्।
पहिरोपीडित परिवारलाई राहत र समवेदना प्रकट गर्न घटनास्थलमै पुगेर सहयोग गरिएको हो।पार्टीका प्रदेश सचिवालय सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान पार्टी भीमफेदी इन्चार्ज अप्सरा लामा पार्टी अध्यक्ष बद्री स्याङतान सचिव अमृत लामा
साथै वाईसीएल नेपाल मकवानपुरका नेता एबम कार्यसमिति सदस्यहरुले पहिरोपीडित परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सहयोग टोलीले घटनास्थलको अवलोकन गर्दै स्थानीय निकाय र सम्बद्ध निकायसँग समन्वय गरी तत्काल राहत तथा पुनःस्थापनाका लागि पहल थालिने समेत बताएको छ। अत्याधिक वर्षापछि गएको पहिरोले विना राणाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। परिवारका सदस्यहरू सुरक्षित रहेका छन् तर उनीहरू बसोबासको आबस्था अहिले पुर्ण रुपमा टुटेको छ।
पीडित परिवारलाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने तथा राहत सामग्रीको उपलब्धताको लागि पहल भैरहेको वाइसीएल नेपाल मकवानपुर जिल्ला अध्यक्ष मुक्ति लामाले जनाउनु भएको छ।
स्थानीय समुदाय,वाईसीएल कार्यकर्ता र पार्टीका सदस्यहरूले संयुक्त रूपमा राहत तथा उद्धारमा सक्रिय भूमिका खेलेका छन्। साथै आगामी दिनमा विपद् व्यवस्थापनमा अझ प्रभावकारी उपस्थिति जनाउने प्रतिबद्धता समेत जनाइएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan