
बिबेक सिन्तान,बागमती गाउपालिका
श्रावण १२, २०८२
बागमती गाउँपालिका ९, बेलबास देउजोरमा बर्खायामको उर्लदो भेलले वर्षेनी समस्या बनाउँदै आएको देउजोर खोलामा यस वर्ष स्थानीयको श्रमदान र पहलमा अस्थायी काठे पुल निर्माण सम्पन्न भएको छ। स्थानीय स्तरमा उत्पादन हुने दूधदेखि दैनिक उपभोग्य सामग्रीको यातायात सहज बनाउन गरिएको यो कार्यले अब बेतिनी, रामेछाप र ललितपुरसम्मको आवागमन सहज बनाएको छ।

स्थानीय अगुवा नीर बहादुर लोप्चनको नेतृत्वमा सम्पन्न उक्त पुल निर्माणमा बागमती गाउँपालिकाले प्राविधिक सहयोग प्रदान गरेको छ भने स्थानीय बासिन्दाले आफ्नो श्रम र सामूहिक प्रयासमार्फत निर्माण सम्पन्न गरेका हुन्।
लोप्चनले भने, “गाउँकै छिमेकी सामुदायिक बनहरूको आर्थिक सहयोगमा पहल भइरहेका छन्। वार्षिक लाखौंको काठ बिक्री गर्ने बनले स्थानीय पूर्वाधार विकासमा हातेमालो गर्नु सामुदायिक बनको दायित्व तथा अत्यावश्यकता भएको बताउनु भयो।

देउजोरका किसानहरूले बर्खायाममा दूध डेरीसम्म पु-याउनका लागि खोलाले निकै समस्या पार्दै आएको गुनासो गर्दै आएका थिए। अब काठे पुल बनेपछि उनीहरूमा उत्साह र खुसियाली थपिएको छ।
स्थानीय स्रोतसाधनको सदुपयोग,श्रमदान गर्ने संस्कृतिको जगेर्ना र विकासप्रति जनताको जिम्मेवारीबोधले गाउँमै उदाहरणीय कार्य भएको स्थानीयले बताएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan