लायन्स क्लबद्वारा भव्य बेल वृक्षरोपण कार्यक्रम सम्पन्न,१५० भन्दा बढीको सक्रिय सहभागिता

काठमाडौं, २०७९ साउन १२
लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा शनिबार बिहान एक भव्य रुपमा बेलवृक्ष रोपण कार्यक्रम सम्पन्न  गरेको छ। बिहान ६:३० बजे सुरु भएको कार्यक्रम बिहान १० बजे सम्पन्न भएको हो।

कार्यक्रममा करिब १५० जना भन्दा बढी सहभागी भई वातावरणीय संरक्षणको सन्देशसहित सामूहिक रूपमा बेलका बिरुवा रोपिएको थियो। सहभागीहरूमा लायन्स क्लबका पदाधिकारी, नेपाली सेना, स्थानीय बासी, युवा स्वयंसेवक तथा राजनीतिक प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि District Governor PMJF लायन विनय बस्नेत सहभागी हुनु भएको थियो। त्यस्तै,विशिष्ट अतिथिहरूमा श्रीमध्य पृतना हेडक्वार्टरका पृतनापति उपरथी श्री हरेन्द्र पाठक,गोरख बहादुर गणका गणपति श्री निरञ्जन धामी,कुमारी दल गुल्मका गुल्मपती श्री प्रताप खत्री
फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन राम बिहारी पाण्डे, Immediate Past District Governor लायन ताशी डोल्मा तुमाहाम्मे, PDG लायन शम्भु नकर्मी ,एरिया चिफ लायन अमित शर्मा,जनहित सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष,बिक्रम पण्डित लगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता हेल्प डेस्कका अध्यक्ष लायन निप्पु सरार्फ ज्युले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन हेल्प डेस्कका सचिब लायन सपना कंडेल ज्युले गर्नु भएको थियो।
कार्यक्रमको उद्देश्य वातावरण संरक्षण,हरियाली प्रवर्द्धन,तथा सामुदायिक सहभागितालाई यस्ता सामाजिक कार्यमा अझै प्रोत्साहन गर्न र समाजमा सकारात्मक सन्देश दिने उदेश्यले गरिएको हेल्प डेस्कका अध्यक्ष निप्पु सराफ ज्युले बताउनु भयो।


साउन महिना भगवान शिबको महिना अझै सोमबार पारेर गरिएको यस्तो पुण्यको दिन सयौं बेलका बिरुवाहरू रोपिएको उक्त कार्यक्रममा सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया आएको छ।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण अतिथि, सहभागी, सुरक्षाकर्मी, स्वयंसेवक र स्थानिय समुदायप्रति आयोजकले आभार व्यक्त गरेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.