
काठमाडौं, १० साउन —
विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। नेकपा (विप्लव) निकट संगठन नेकपा माओवादी केन्द्रको गुल्मी काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा माओवादी केन्द्रमा समाहित भएको हो ।

उहाँहरुलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनमा समाहित भएका नेताकार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्नुभयो।

नेकपा (विप्लव) को सम्पर्क समिति सहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभयो ।
माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहनुभएको छ ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan