वाइसीएल नेपाल मकवानपुरद्वारा ‘श्रम तथा उत्पादनमा वाइसीएल’ मूल नारासहित श्रमदान कार्यक्रम सम्पन्न

हेटौंडा, साउन १०
‘श्रम तथा उत्पादनमा वाइसीएल’ भन्ने मूल नाराका साथ वाइसीएल नेपाल मकवानपुरले शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ स्थित श्रमिक पार्कमा श्रमदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा पूर्व समाजिक विकासमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, जिल्ला पार्टी संयोजक भीम पाख्रिन,प्रदेश सचिबालय सदस्य ललित घलान ,वीर बाहादुर घलान ज्वाला प्रदेश कमिटी सदस्य बिबेक राइ वाइसीएल नेपाल फ्याक्सन इन्चार्ज सुमन पाख्रेन, केन्द्रिय सदस्य एबम वाईसियल मकवानपुर जिल्ला इन्चार्ज कमल गाउले  केन्द्रिय सदस्य दिपेन्द्र अधिकारी लगायत केन्द्रिय सदस्य हरुको समेत उपस्थिति रहेको थियो।

श्रमदान कार्यक्रममा वाईसीएल नेपालका प्रदेश र जिल्ला कमिटीका सदस्यहरूको उल्लेखनीय सहभागिता रहनुका साथै श्रमिक पार्कका अध्यक्ष,युवा,पत्रकार,सुरक्षाकर्मी,बुद्धिजीवी, समाजसेवी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
वाईसीएल नेपाल मकवानपुरले आगामी दिनहरूमा पनि श्रम, उत्पादन र सामाजिक परिवर्तनका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने अध्यक्ष मुक्ति लामाले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.