हेटौंडामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा “प्लास्टिक छोडौँ” अभियान सम्पन्न

हेटौंडा, साउन ३ गते, लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्स र लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको संयुक्त आयोजना तथा पञ्चमुर्ति आयुर्वेदिक क्लिनिकको सह-आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ स्थित लक्ष्मीनारायण मन्दिर प्राङ्गणमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा “प्लास्टिक छोडौँ” अभियान कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य शिविरको अध्यक्षता लायन निप्पु सार्राफ र लायन रिता वाइवाले संयुक्त रूपमा गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष श्री दामोदर पौडेल रहनुभएको थियो। प्रमुख अतिथिलाई अमला, एभोकाडो र तेजपत्ताजस्ता आयुर्वेदिक जडिबुटी बिरुवाहरू हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।

स्वास्थ्य शिविर बिहान ७ बजेदेखि साँझ ३:३० बजेसम्म सञ्चालन गरिएको थियो जसमा करिब ७० जना लायन्स सदस्यहरू र १५० जना स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो। विभिन्न आयुर्वेदिक विधिबाट स्वास्थ्य परीक्षण, परामर्श, तथा जीवनशैली र आहारबारे जानकारी प्रदान गरिएको यस शिविरले समुदायमा स्वास्थ्यप्रति चेतना बढाउन उल्लेखनीय योगदान पुर्याएको सहभागीहरूले बताएका थिए।

कार्यक्रममा MJF IPDG लायन ताशी डोल्मा तुम्माहाम्बे, MJF PDG लायन शम्भु नकर्मी, एरिया चिफ समिता रसाइली, रिजन चियरपर्सन लायन निलम देवकोटा, जोन चियरपर्सन लायन राज सापकोटा,लायन प्रमेश्वर पौडेल,मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्जन पौडेल,पतञ्जली प्रतिनिधि, वन उपभोक्ता समितिका प्रतिनिधि, तथा स्थानीय सरोकारवाला र स्वास्थ्यकर्मी टोलीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्सकी सचिव लायन सपना कडेलले गर्नुभएको थियो।

आजनै सम्पन्न “प्लास्टिक छोडौँ अभियान” अन्तर्गत लक्ष्मीनारायण मन्दिर क्षेत्र वरपरका प्लास्टिकजन्य फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। यस अभियानमा वातावरणीय सन्देशसहित जनचेतनामूलक कार्यक्रम गर्नुका साथै सरोकारवाला निकायहरूले उत्साहजनक सहभागिता जनाएका थिए। जसले वातावरणीय सरसफाइ र प्रदूषण न्यूनीकरणतर्फ सकारात्मक सन्देश प्रवाह गर्नमा सकारात्मक सन्देश दिएको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.