लायन्स क्लबको आयोजनामा हेटौंडामा १ दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न

हेटौंडा, २०८२ साउन ३ गते, शनिबार
लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्स र लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको संयुक्त आयोजनामा तथा पञ्चमुर्ति आयुर्वेदिक क्लिनिकको सह-आयोजनामा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा मा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता लायन निप्पु सार्राफ र लायन रिता वाइवाले संयुक्त रूपमा गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष श्री दामोदर पौडेल रहनुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथिलाई आयुर्वेदिक गुणयुक्त जडिबुटी बिरुवा अमला, एभोकाडो र तेजपत्ता हस्तान्तरण गरी गरियो।

स्वास्थ्य शिविरमा MJF IPDG लायन ताशी डोल्मा तुम्माहाम्बे तथा MJF PDG लायन शम्भु नकर्मी को विशिष्ट उपस्थिति थियो। त्यस्तै एरिया चिफ समिता रसाइली, रिजन चियरपर्सन लायन निलम देवकोटा, जोन चियरपर्सन लायन राज सापकोटा, लायन प्रमेश्वर पौडेल, स्थानिय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्जन पौडेल, पतञ्जली प्रतिनिधि, वन उपभोक्ता समितिका प्रतिनिधिहरू, विभिन्न स्थानिय सरोकारवालाहरू तथा स्वास्थ्यकर्मी टोलीको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम बिहान ७ बजेदेखि साँझ ३:३० बजेसम्म संचालन गरिएको थियो। शिविरमा करिब ७० जना लायन्स सदस्य तथा १५० जना स्थानीय सर्वसाधारण सहभागी थिए।

कार्यक्रममा विभिन्न आयुर्वेदिक विधिबाट स्वास्थ्य जाँच तथा परामर्श प्रदान गरिनुका साथै जीवनशैली, आहार, र आयुर्वेदिक उपचार प्रणालीबारे जानकारी दिइएको थियो। स्वास्थ्य शिविरले स्थानीय समुदायलाई सस्तो, सुलभ र प्रभावकारी सेवा प्रदान गर्न सफल भएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको संचालन लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्सका सचिव लायन सपना कडेलले गर्नुभएको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.