उद्योगपति नवराज अर्याललाई औद्योगिक योगदानका लागि सम्मान

हेटौंडा, असार ३२ मकवानपुरका प्रख्यात उद्योगपति नवराज अर्याललाई मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुले सम्मान गरेको छ।

बालाजु औद्योगिक क्षेत्रको ३८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगपति अर्याललाई सम्मानपत्र प्रदान गरिएको हो।

उद्योग संघ मकवानपुरका पूर्व अध्यक्ष समेत रहनुभएका अर्याल विगत ४६ वर्षदेखि औद्योगिक क्षेत्रमै क्रियाशील रहँदै आउनुभएको छ। वि.सं. २०३६ सालमा ‘अर्याल काष्ठ उद्योग’ स्थापना गरी औद्योगिक यात्रा सुरु गर्नुभएका उहाँले हाल हेटौंडा औद्योगिक क्षेत्रसहित मकवानपुर, धादिङ, चितवन, काठमाडौं, विराटनगर र पोखरा लगायतका शहरहरूमा १२ वटा उद्योग सञ्चालन गरिरहनुभएको छ।

उहाँका उद्योगहरूबाट करिब १५०० जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्राप्त भएको छ। निर्माण व्यवसायमा समेत सक्रिय अर्याल सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहनुभएको छ। मकवानपुरमा क्रियाशील विभिन्न संघसंस्थाहरूको उन्नयनमा उहाँले निरन्तर योगदान दिँदै आउनुभएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.