
हेटौंडा, असार २८ — धार्मिक पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षणको उद्देश्यले लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्स, हेटौंडा र लायन्स क्लब अफ काठमाडौं नयाँ बजारको संयुक्त आयोजनामा पशुपतिनाथ मन्दिर परिसर तथा चुरेमाई मन्दिर क्षेत्रमा विशेष सरसफाइ तथा जनावर (चराचुरुङ्गी र बाँदर) आहार कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्सका अध्यक्ष लायन निप्पु सराफको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा लायन्स पूर्व जिल्ला गभर्नर (PDG) शम्भु नकर्मी, डिस्ट्रिक्ट कार्यसमिति (DEC) सदस्य लायन जेपी यादव तथा रिजन चियरपर्सन लायन नमूना पाण्डे सस्थाका सस्थापक अध्यक्ष प्रबिन मैनाली लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम को सन्चालक मकवानपुर हेल्प डेस्कका सचिब लायन सपना कंडेलले गर्नुभएको थियो भने कार्यक्रमको समन्वय लायन प्रेम लामिछाने, लायन राम पुकार शाह र लायन अजित दत्तले गर्नुभएको थियो। उनीहरूले कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै यस प्रकारका सामाजिक तथा धार्मिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एरिया कोषाध्यक्ष लायन अप्सरा मानन्धर, रिजन चियरपर्सन लायन नमूना पाण्डे, जोन चियरपर्सनहरू लायन राज सापकोटा, लायन विनोद कडेल, लायन प्रमेश्वर पौडेलसहित विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बिहान ६ बजे सुरु भई ११ बजे सम्पन्न भएको यो कार्यक्रमले धार्मिक क्षेत्रको सरसफाइ मात्र होइन, जनावरप्रतिको करुणा र सहअस्तित्वको सन्देश पनि दिएको आयोजकहरूले जनाएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan