हेटौंडामा ‘टिभिएस एक्सचेञ्ज म्यानिया’ असार ३० सम्म लम्बियो

हेटौंडा, मकवानपुर — हेटौंडामा जारी ‘टिभिएस मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’मा ग्राहकको अत्यधिक चाप र सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि कार्यक्रमको अवधि थप तीन दिन लम्ब्याइएको छ। अब यो एक्सचेञ्ज मेला थप असार ३० गतेसम्म सञ्चालनमा रहनेछ।

असार २२ गतेदेखि २७ गतेसम्म सञ्चालनमा आएको उक्त कार्यक्रममा ९० भन्दा बढी मोटरसाइकल तथा स्कुटरको सफल बिक्री तथा एक्सचेञ्ज भइसकेको हेटौंडा अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालले जानकारी दिए। उनका अनुसार ग्राहकको उत्साहजनक सहभागिता र थप बुकिङहरूका कारण कार्यक्रमको म्याद थप गरिएको हो।

नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. को सहकार्यमा आयोजित यस मेलामा जुनसुकै पुरानो मोटरसाइकलमा न्यूनतम रु. ३० हजारको मूल्याङ्कन गरिनुका साथै वास्तविक मूल्यका आधारमा थप मूल्याङ्कन सुविधा पनि उपलब्ध छ। यो मूल्याङ्कन अहिलेसम्मकै उच्च रहेको बताउँदै जगदम्बा मोटर्सका रिलेशनसिप म्यानेजर अमृत चौहानले ग्राहकहरूलाई यो अवसरको अधिकतम उपयोग गर्न समेत आग्रह गरे।

कार्यक्रम अन्तरगत नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तिमा रु. ८,००० सम्मको नगद छुट, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा, साथै निःशुल्क हेलमेट, बाइक कभर, र ब्याग समेत प्रदान गरिनेछ।

साथै, ‘मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’ सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम पनि संचालन गरिएको छ। जसअनुसार टिभिएसका ग्राहकले कम्तिमा एक बिरुवा रोपेर सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नेछन्। सहभागीहरूमध्ये १० जनालाई लक्की ड्र मार्फत ५ वर्षसम्मको सडक कर छुट प्रदान गरिने रिलेसनसिप म्यानेजर चौहानले जानकारी दिए।

हेटौंडा अटोमार्टको आयोजनामा चलिरहेको यस एक्सचेञ्ज म्यानिया अवसरलाई भरपुर उपयो गर्न ग्राहकका लागि यो अन्तिम अवसर हुने समेत सन्चालक बरुवालले जानकारी दिए।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.