सीता दाहालको स्मृति दिवसमा अध्यक्ष प्रचण्ड द्वारा मानव सेवा आश्रममा भोजन

मकवानपुर, असार २७ —
समग्र माओवादी आन्दोलनकी अभिभावक तथा समाजसेवामा समर्पित व्यक्तित्व आदरणीय कमरेड सीता दाहालको स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मानव सेवा आश्रम, रानीवनमा पुग्नुभयो।

उक्त अवसरमा अध्यक्ष प्रचण्डले आश्रममा आश्रित जेष्ठ नागरिक र मानसिक रोगीहरूसँग आत्मीय संवाद गर्नुभयो र वहाँहरूसँगै भोजन ग्रहण गर्दै सहानुभूति र संवेदनाको उदाहरण प्रस्तुत गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने गरी आवश्यक सवारी साधनको व्यवस्थापनमा सरकार र पार्टीको तर्फबाट सक्दो सहजीकरण गरिने प्रतिबद्धता जनाउनुभयो।

उहाँले मानव सेवा आश्रमले देशभर सञ्चालन गरिरहेको सेवामूलक गतिविधिहरू सराहनीय रहेको उल्लेख गर्दै यस्ता संस्थाहरूसँग सहकार्य गर्न पार्टी सधैं सकारात्मक रहने स्पष्ट पार्नुभयो।

“मानव कल्याणमा आधारित यस्ता अभियानहरूले सामाजिक मूल्य र आदर्शको प्रवर्द्धन गर्छन्,” भन्दै उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यहरूको महत्व अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा मानव सेवा आश्रमका पदाधिकारी, स्वयंसेवकहरू, माओवादी केन्द्रका नेताहरू तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो।

सीता दाहालको सम्झनामा सम्पन्न यो कार्यक्रम समाजमा सेवा र समर्पणको भावनालाई थप सशक्त बनाउने प्रेरणाको स्रोत बनेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.