राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन, अध्यक्षमा सुष्मा केसी

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा नगरपालिका-३ स्थित विकास घरमा सम्पन्न प्रथम अधिवेशनबाट सुष्मा केसीको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सावित्री केसी, सचिवमा दिपा थापा, कोषाध्यक्षमा रञ्जिता बराल, सहसचिवमा राजेन्द्र बस्नेत र सहकोषाध्यक्षमा भगवती केसी चयन भएका छन् । यस्तै सदस्यहरूमा सुनिता थोकर, संगिता अर्याल, जानुका अधिकारी, मथुरा खत्री, एलिना पाण्डे, मन्जु खत्री, सावित्री केसी, देवकी खत्री, तुलसी अधिकारी र देवकी बिडारी रहेका छन् ।

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली प्रमुख अतिथि थिए भने प्रतिष्ठान मकवानपुरकी अध्यक्ष रुक्मिणी सुवेदी विशिष्ट अतिथि थिइन् । साथै कार्यक्रममा केन्द्रिय सदस्य नवीन पौडेल, नारायण रेग्मी, वडा नं. ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गोपालीले राष्ट्रिय पहिचान बोकेको भजन, चुड्का र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “हाम्रा मौलिक सांस्कृतिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानको सक्रियता आवश्यक छ । थाहा नगरपालिकाबाट पनि यस कार्यमा आवश्यक सहयोग गरिनेछ ।”
कार्यक्रममा विभिन्न वक्ताहरूले संस्कृति, लोक परम्परा र समुदायमा भजन-चुड्काको महत्वबारे प्रकाश पारेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.