
थाहा, मकवानपुर ।
थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको घटना घटेको छ। असार २२ गते दिउँसो २बजेदेखि ३बजेको बीचको समयमा घरमा कोही नभएको मौका छोप्दै मुलढोकाको ताला फोडेर नगद१ लाख ५ हजार नगद सहित मोबाईल ,खुकुरी समेतको जिन्सी चोरी भएको हो।
घटना सम्बन्धमा स्थानीयवासी र छरछिमेकले दिएको जानकारीका आधारमा संदेह गरिएका तीन जना व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरीपछि फरार अवस्थामा रहेका उनीहरूलाई सोही दिन पक्राउ गरिएपछि शरीर तलासीमा चोरीसंग सम्बन्धित विभिन्न सामग्रीहरू फेला परेका छन्।
पक्राउ पर्नेहरूमा जिल्ला सर्लाही हरिवन नगरपालिका–९ बस्ने ३० वर्षीय संजिव परियार, मकवानपुर थाहा नगरपालिका–२ देउलाटोल बस्ने करिब ३५ वर्षीय कान्छा उर्फ प्रदीप पोडे, र ललितपुर गोदावरी नगरपालिका–१३ झरासी बस्ने करिब ३० वर्षीय चमार भन्ने बिमल नेपाली रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ नगद रू. ६८,९३१।विभिन्न कम्पनीका ५ थान मोबाइल Ncell सिमकार्ड १ थान सुनजस्तो देखिने पहेँलो धातुको औंठी १ थान खुकुरी, कटर चक्कु, एअरपोर्ट, घडी, मूर्ति, विड आदि अन्य सामग्री फेला पारेको हो।
पीडित बलराम के.सी. र बासुदेव के.सी.ले ईलाका प्रहरी कार्यालय पालुङमा छुट्टाछुट्टै जाहेरी दिएपछि चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्धा दर्ता गरिएको छ। पक्राउ परेका तीनै जनालाई मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan