विपद् व्यवस्थापनका लागि स्थायी संरचना बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं, २०८१ असार २०
नेकपा (माओवादी केन्द्र)ले मुलुकभर विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थायी संरचना निर्माण गर्ने निर्णय गरेको छ। शुक्रबार उपाध्यक्ष कृष्णबहादुर महराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन विभागको बैठकले उक्त निर्णय गरेको हो।

प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीका अनुसार, बैठकले पार्टीका जनवर्गीय संगठनहरूको संयन्त्रमार्फत केन्द्रदेखि स्थानीय तहसम्मको संरचना निर्माण गरी विपद् पूर्वतयारी, पूर्व–सूचना प्रणाली, उद्धार, राहत तथा पुनर्निर्माण कार्यहरूलाई अझ समन्वित, संगठित र जनमुखी ढंगले सञ्चालन गर्ने कार्ययोजना अघि सारेको छ।

बैठकमा चट्याङ, बाढी–पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का बेला जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्न केन्द्रदेखि स्थानीय तहसम्म सक्रिय भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालिएको छ। यसका लागि पार्टीको सांगठानिक संरचना र जनसञ्जालको अधिकतम प्रयोग गरिने बताइएको छ।

स्मरणीय रहोस्, अघिल्ला वर्षहरूमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले पश्चिम नेपालमा आएको भूकम्पदेखि लिएर काठमाडौं उपत्यका तथा अन्य जिल्लाहरूमा डुबान, कटान, पहिरोजस्ता विपद्का समयमा सक्रिय भूमिका निर्वाह गर्दै उद्धार र राहत पु¥याएको अनुभवलाई पनि बैठकले पुनः स्मरण गरेको छ।

बैठकमा उपाध्यक्ष महराले पार्टी संरचना प्रयोग गरी विपद् प्रतिकार्यलाई अझ सजग, गतिशील र जनमुखी बनाउने धारणा राखे। उनले छिटोभन्दा छिटो विपद् प्रभावित क्षेत्रमा पुग्नसक्ने संयन्त्र निर्माणमा सबै संगठनले सहयोग गर्नुपर्ने बताए।

यसैबीच, विपद् व्यवस्थापन विभागका प्रमुख सूर्य सुवेदी (पथिक)ले पार्टीको नेतृत्वमा रहने जनवर्गीय संगठनका प्रतिनिधिहरूको टिम विभिन्न तहमा बनाइने जानकारी दिए। उनले “कुन तहमा कति संख्या र कस्तो टिम चाहिन्छ, त्यो विश्लेषण गर्दै सबै संगठन क्रियाशील हुनुपर्छ,” भन्ने धारणा व्यक्त गरे।

बैठकमा सहभागी विभिन्न जनवर्गीय तथा शुभेच्छुक पेशागत संगठनका अध्यक्षहरूले आ–आफ्नो संगठन फिल्डमा खटिने, र जनतालाई विपदबाट जोगाउन हरसम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.