मारवाडी युवा मञ्च, हेटौंडा द्वारा वृक्षारोपण कार्यक्रम सप्पन्न

हेटौंडा २०/ मकवानपुर ,मारवाडी युवा मञ्च, हेटौंडाद्वारा आज श्री नेपाली सेनाको सहकार्यमा श्री मध्य पृतना हेडक्वार्टर, सुपरेटार परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम मञ्चका अध्यक्ष श्री राम कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो।

सो अवसरमा कुल १२० बिरुवा रोपिएको जानकारी गराइएको छ। कार्यक्रमका प्रमुख अतिथि श्री पृतनापति उपरथी हरेन्द्र पाठकज्यू रहनु भएको थियो भने संयोजकको भूमिका श्री वैभव अटलज्यूले निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा मारवाडी महिला मञ्च, हेटौंडाकी अध्यक्ष श्रीमती नीलम जालान, मारवाडी युवा संगठनका केन्द्रीय सदस्य श्री राजेश अग्रवाल तथा सल्लाहकार श्री दिनेश जोशीज्यूको समेत उल्लेखनीय उपस्थिति रहेको थिय

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.