थाहा नगरमा सवारीसाधनको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

थाहा, असार १२ -मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा अज्ञात सवारीसाधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय पालुङका अनुसार बज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको सवारीसाधनले पैदल यात्रा गरिरहेका थाहा नगरपालिका वडा नम्बर ६ निवासी ७१ वर्षीय सीताराम महर्जनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका महर्जनलाई प्रारम्भिक उपचारका लागि नजिकैको बज्रबाराही स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा साँझ ५ बजे सशस्त्र प्रहरी बल अस्पताल, सतुङ्गलमा पुर्‍याउनेबित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने सवारीसाधनको नम्बर र प्रकार खुलेको छैन। हाल फरार सवारी चालक तथा सवारीसाधनको पहिचान र खोजी कार्य तीव्र रुपमा भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.