
मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्टको २६ औं स्मृति दिवसको अवसरमा हेटौंडाको थाहाचोकमा दीप प्रज्वलन गरिएको छ ।

हिजो साँझ भएको दीप प्रज्वलन कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले निष्पक्ष सक्रियताको अभ्यासको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताए ।
रुपचन्द्र बिष्ट स्मारक समिती नेपाल र नुरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान हेटौंडा नेपालको आयोजनामा भएको कार्यक्रममा संविधानसभा सदस्य प्रल्हाद लामिछानेले रुपचन्द्र बिष्ट सबैको साझा ब्याक्तित्व भएको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का सदस्य ईश्वरप्रसाद मैनाली, नेपाल अडिटर्स एसोसिएसनका प्रकाश ढकाल, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याल लगायतको उपस्थिति रहेको थियो ।

१९९० पौष २७ गते जन्मिएका रुपचन्द्र समाजको विकासको निम्ति जनमुखी सहकर्मीको रुपमा चिनिन्थे । उनलाई रुप, रुपे, रुदाने, रापसरु, जसरु जस्ता नामले चिनिन्थ्यो ।
समाजको विकासको लागि जनता आफै जाग्नुपर्ने भन्दै थाहा आन्दोलनमार्फत जनतालाई चेतनशिल गराउने रुपचन्द्र २०५६ असार ७ गते निधन भएको थियो ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan