नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर‌को सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगर‌पालिका को सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्ष प्रदीप अर्याल सहित सपथ ग्रहणमा नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका कमिटीको उपाध्यक्षमा गुणराज घिमिरे (शंकर), शोनी गुरुङ र लवराज ठकुरी, सचिव तारादेवी मोक्तान, सहसचिवमा चमेलीमाया सिंजाली, कोषाध्यक्षमा गोकुल वैज्यु लगाएत ७५ सदस्य नगर कमिटीले सपथ ग्रहण गरेका छन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, केन्द्रीय सदस्य तथा हेटौँडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछाने, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, बागमती प्रदेश कमिटी सदस्य बिबेक राईको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.